निफ्राले कमायो १ अर्ब ३३ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको नाफामा ५.९८ प्रतिशतले गिरावट आएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी पनि ६.४७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज समीक्षा अवधिमा २ अर्ब ५४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । ‘
बैंकको सञ्चालन मुनाफा ५.८७ प्रतिशतले घटेर १ अर्ब ९० करोड १० लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा २ अर्ब १ करोड ९६ लाख रुपैयाँमा रहेको थियो ।
खुद फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशतले घटेर १ करोड ४ लाख रुपैयाँमा खुम्चिएको छ।
खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको देखिन्छ। बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।