७५ प्रतिशत बढ्यो सर्पोट लघुवित्तको नाफा, कस्ता छन् मुख्य सूचक ? « Arthapath.com
१० श्रावण २०८१, बिहीबार

७५ प्रतिशत बढ्यो सर्पोट लघुवित्तको नाफा, कस्ता छन् मुख्य सूचक ?



काडमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको नाफा ७५ प्रतिशत बढाएको छ । कम्पनीले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०÷८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले २ करोड ३८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको नाफा ७५.०३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ३६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख ९ हजार रुपैयाँ पुगेको छ । यता, संचालन नाफा पनि १९४.३८ प्रतिशत बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ५ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको निक्षेप पनि एक वर्षमा १५.१० प्रतिशत बढेर ३४ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि १४.१० प्रतिशत बढेर १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको खराब कर्जा पनि १.६३ प्रतिशत कायम भएको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २२ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्