१ कार्तिक २०८३, आइतबार

भव्य बन्यो सूर्यज्योति लाइफको ‘सेल्स कन्भेन्सन २०८१-८२’, कम्पनीले लिएको ‘थ्रिपि’ रणनीति के हो ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ‘सेल्स कन्भेन्सन २०८१–८२’ भव्यताका साथ सम्पन्न भएको छ ।

कम्पनीले २२० भन्दा बढी कर्मचारीहरुको उपस्थितिमा पोखरा स्थित होटल पोखरा ग्रण्डेमा ‘सेल्स कन्भेन्सन २०८१/८२’ भव्यताका साथ सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीले देशभरका, प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रमुखहरुको गत आर्थिक वर्ष २०८०/८१ ब्यवासायिक उपलब्धिको मूल्याङ्कक गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रममा सबै विधामा सर्वोत्कृष्ट ३ जनालाई कम्पनीका संचालकहरुद्वारा प्रसंशा–पत्र र अध्यक्ष केशव प्रसाद भट्टराईले ट्रफी हस्तान्तरण गरेका थिए ।

देशै भरिबाट करिव ४० जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका थिए। जसमध्ये सक्रिय अभिकर्ता भर्ना अन्तर्गत ४ जना, बिमालेख बिक्रि संख्या अन्तर्गत ३ जना , बिमाशुल्क संकलन अन्तर्गत १३ जनालाई सम्मान गरेको हो । यस्तै, ब्यवसाय बिस्तारमा बढी दिन सक्रिय अन्तर्गत ४ जना, बार्षिक लक्ष्य हासिल गर्ने अन्तर्गत ११ जना लगाएत कम्पनीले ‘इम्प्लोई अफ दि इयर’ विधा अन्तर्गत सर्वोत्कृष्ट ५ जनालाइ सम्मान गरेको थियो ।

यस्तै, ब्रान्च अपरेशन तर्फ सुमन कर्माचार्य, धनगढी शाखा, सेल्स एक्जुकेटिभ तर्फ प्रकाश पोखरेल –पोखरा नयाँ बजार शाखा, ब्रान्च म्यानेजर तर्फ खेम बहादुर घर्ति बुटवल पाल्पारोड शाखा, रेजिनल म्यानेजर तर्फ प्रमिला पराजुली –बनेपा रिजनलाई सम्मानित गरेको थियो ।

प्रदेश प्रमुख तर्फ सदुरपश्चिम प्रदेशबाट उत्कृष्ट व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका स्व. जगदीश प्रसाद भट्टको नाममा श्रदान्जली दिदै सम्मानित गरिएको थियो । कम्पनीले थ्रीपि (पिपुल्स, प्रोसेस र पर्फमेन्स) को मुलमन्त सहित चालु आर्थिक वर्ष २०८१÷०८२ को ब्यवसायिक रणनीति तय गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले गत वर्षको व्यवसायिक समिक्षा र आगामी वर्षको रणनितिका बारेमा प्रष्ट पारेका थिए । बिमितहरुलाई छिटो र उत्कृष्ट सेवा पस्किन लागि आत्याधुनिक डिजिटल प्रबिधिको प्रयोग आवश्यक रहेको बताए । उनले समय सापेक्ष कर्मचारीहरुलाई आवश्यक तालिम व्यवासायिक रणनीतिमा आफू केन्द्रित रहेको जानकारी गराए । समय अनुसार आफूलाई परिवर्तन र परिमार्जित गर्दै लैजानसकेमा जुनसुकै क्षेत्रमा पनि अव्वलताका साथ सफलता हासिल गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराईले कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिलाई प्राथामिकतामा राखेको बताए । उनले कर्मचारीहरुको वृहत्तर हितका लागि प्रतिबद्ध रहेको जनाए ।