सेयर बजार अपडेट : एक घण्टामा ६ अर्ब बढीको कारोबार

काठमाडौं । एक घण्टामा सेयर बजारमा २२.४९ अंकको बढोत्तरी देखिएको छ । १२ बजार ७ मिनेट जाँदा नेप्से परिसूचक २२.४९ अंकले बढेर २७८३.४१ बिन्दुमा पुगेको हो ।
यस अघि ११:१६ मिनेट जाँदा २७४७.४६ बिन्दुमा झरेको नेप्से त्यसपछि भने उकालो लागेको हो ।
यो अवधिसम्म ६ अर्ब ३८ करोड २५ लाख ९१ हजार रुपैयाँको कारोबार भइसकेको छ ।
सिटी होटल र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कारोबारमा भने हिमालयन रि-इन्स्योरेन्स अब्बल देखिएको छ ।