सिटी एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गर्ने « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

सिटी एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गर्ने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाईनान्सलाई प्राप्त गर्ने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकको भदौ १७ गते दिउसो बसेको सञ्चालन समितिको बैठकबाट संयुक्त प्राप्ति समितिले गरेको सिफारिसलाई समेत मध्यनजर गरी प्राप्ति गर्ने निर्णय गरी अन्तिम सम्झौता समेत भएको बैंकले सूचना मार्फत जानकारी गराएको हो ।


प्रतिक्रिया दिनुहोस्