सेयर बजार अपडेट : एक घण्टामा ८ अर्ब ४० करोडको कारोबार

काठमाडौं । सेयर बजारमा एक घण्टामा ८ अर्ब ४० करोड ३० लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । यो अवधिसम्म सेयर बजार मापक नेप्से परिसूचक ६६.६५ अंकले बढेर २९२७.४९ बिन्दुमा पुगेको छ ।
यो अवधिसम्म १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ५ कम्पनी भने स्थिर छन् ।
एक घाटामा २ कार्ड ३ लाख १६ हजार ९४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
शुभम् पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओरेन्टल होटेल र नेशनल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा छन् ।