बीमा क्षेत्रमै पहिलो सफल मर्जर गराएका सीइओ शाहको राजिनामा स्वीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा क्षेत्रमै पहिलो सफल मर्जर गराएका सीइओ शाहको राजिनामा स्वीकृत



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय बहादुर शाहले दिएको राजिनामा स्वीकृत भएको छ ।

शाहले पदबाट दिएको राजिनामा संचालक समितिको बैठकले स्वीकृत गरेको हो । गत असार १३ गते शाहले पदबाट राजिनामा दिएका थिए । आफ्नो कार्यकाल सकिन दुई वर्ष बाँकी हुँदा नै शाहले पदबाट राजिनामा दिएका हुन् ।

साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट मर्जपछिको कार्यकाल २ वर्ष बाँकी थियो । उनी अघिल्लो वर्ष २०७८ फागुन १ गते कम्पनीको सीइओ बनेका थिए ।

नेपाली बीमा क्षेत्रमै पहिलो सफल मर्जर गराउन सफल शाहलाई संचालक समितिले राजिनामा दिन आग्रह गरेपछि उनी बीमा क्षैत्रबाट बाहिरिएका हुन् ।

शाहले कम्पनीलाई मर्जर गराएर ठुला व्यवसायिक सफलता दिलाएका थिए । उनले कम्पनीको व्यवसायमा गुणात्मक वृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । यसका साथै कम्पनीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्ड समेत दिलाएका थिए ।

उनलाई नेपाली बीमा क्षेत्रको अब्बल सिइओ मानिन्छ । उनी यसअघि नेपाल इन्स्योरेन्स र एनएलजी इन्योरेन्समा पनि सिइओको भएर कुशलतापुर्वक नेतृत्व दिएका थिए । उनी तत्कालिन हिमालयन जनरल इन्स्योरेन्समा सिईओ भइसकेका व्यक्ति हुन् ।


प्रतिक्रिया दिनुहोस्