नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डेढ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डेढ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ ७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।