लगानीकर्ताको आकर्षण बन्दै बैंकिङ समूह, एक महिनामै ४३% सम्म बढ्यो बैंकको सेयर मूल्य « Arthapath.com
७ असार २०८२, शनिबार

लगानीकर्ताको आकर्षण बन्दै बैंकिङ समूह, एक महिनामै ४३% सम्म बढ्यो बैंकको सेयर मूल्य



काठमाडौं । सेयर बजारले उकालो यात्रा तय गरेसँगै बैंकहरू सेयर पनि उकालो लागेको छ । पछिलो एक महिनामा सबै बैंकहरूको सेयर मूल्य बढेको छ । बलिया कम्पनीको मापन गर्ने वाणिज्य बैंकहरूको सेयर मूल्य एक महिनामा करीब ४३ प्रतिशतसम्म बढेको छ ।

अघिल्लो बुलमा समेत बढ्न नसकेको बैंकिङ समूहमा यसपटक भने लगानीकर्ता झुम्मिएका छन् । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सर्वाधिक सेयर मूल्य बढ्नेमा कुमारी बैंक रहेको छ । बैंकको सेयर मूल्य ४२.९३ प्रतिशतले बढेको छ । एक महिना अघि अर्थात् जुलाई २५ मा १९३ रुपैयाँ रहेको बैंकको सेयर मूल्य २७६ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, प्रभु बैंकको सेयर मूल्य ३३.६७ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज बैंकको २४.४३ प्रतिशत, एनआईएमबी(नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)को २१.५१ प्रतिशत, एभरेष्ट बैंकको २१.०९ प्रतिशत र माछापुच्छ्रे बैंकको २०.७३ प्रतिशतले बढेको छ ।

सेयर बजारमा महँगो मानिने र सधै चर्चामा रहिरहने एनआईसी एशिया बैंकको सेयर मूल्य भने सर्वाधिक घटेको छ । सेयर बजारको ‘हट केक’ मानिने नबिल बैंकको सेयर मूल्य १०.५९ प्रतिशतले बढेको छ ।

अधिकांश बैंकको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

एक महिनाको अवधिमा कुन बैंकको सेयर मूल्य कति बढ्यो ? (सूचीसहित)


प्रतिक्रिया दिनुहोस्