१५ प्रतिशत लाभांश पारितका लागि कहिले बस्दै छ कुमारी क्यापिटलको साधारण सभा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१५ प्रतिशत लाभांश पारितका लागि कहिले बस्दै छ कुमारी क्यापिटलको साधारण सभा ?



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । क्यापिटले आफ्नो छैटौं वार्षिक साधारणसभा असोज ३ गते गर्ने भएको हो ।

कम्पनीको भदौ १० गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको हो । सभा काठमाडौको टंगालस्थित कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सभा बस्ने छ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । सभाले प्रस्तावित चुक्तापूँजीको १५ प्रतिशत लाभांश नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्नेछ ।

यस्तै आव २०८०-८१ को सञ्चालक समितिको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा स्वतन्त्र सञ्चालकको नियुक्तिको प्रस्ताव पनि छ ।


प्रतिक्रिया दिनुहोस्