पुल्चोक झडपमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ « Arthapath.com
२२ असार २०८२, आईतबार

पुल्चोक झडपमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ



काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरिएको हो।

अहिलेसम्म पक्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य, ३२ वर्षीय श्याम श्रेष्ठ र ४० वर्षीय यादवलाल कायस्थ रहेका छन ।

उनीहरूमाथि अनुसन्धान भइरहेको राईले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्