सेयर बजारको ओरोलो यात्रा कायमै : २७ सयबाट ओर्लियो नेप्से, कारोबार १० अर्बमा सीमित

काठमाडौं । पछिल्लो केही यता सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज आइतबार पनि सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५३.६३ अंकले घटेको छ ।
यो सँगै नेप्से २६९५.९३ अंकमा खुम्चिएको छ । आज कारोबार रकम पनि घटेर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

कुल १३ उपसूचकमध्ये म्युचुअल फण्डबाहेक अन्य उपसूचक राताम्य बनेको छ।
कारोबार अवधिभर ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस दिन ३१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनर, कुथेली बुखरी स्मल हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

पिपुल्स हाइड्रोपावर र माई खोला हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घट्यो । थ्रीस्टार हाइड्रोपावर, उपकार लघुवित्त, नेपाल फाइनान्स लगायत कम्पनीको सेयर मूल्य पनि अत्यधिक घटेको छ ।
यस दिन गुडवील फाइनान्सको सर्वाधिक ५२ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन रि-इन्स्योरेन्स, नेपाल फाइनान्स, अपि पावर लगायत कम्पनीको पनि सर्वाधिक कारोबार भाको छ ।
