नेपाल एसबिआई बैंकको सीइओमा पुनः दिपक कुमार, ६ महिना थपियो कार्यकाल « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल एसबिआई बैंकको सीइओमा पुनः दिपक कुमार, ६ महिना थपियो कार्यकाल



काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिपक कुमार देको कार्यकाल थपिएको छ ।

बैंकको प्रवन्धक संचालक तथा सीईओ रहेका देको कार्यालय १६ सेप्टेबर (भदौ ३१ गते ) चार वर्षे कार्यकाल सकिँदैछ । तर, भदौ १९ गते बसेको संचालक समितिको बैठकले सीइओ देको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ।

उनको कार्यकाल १७ सेप्टेम्बर अर्थात् असोज १ गतेदेखि लागू हुने गरि ६ महिना थप हुने छ । उनी आगामी मार्च १६ सम्मका लागि सीइओ हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्