नयाँ सरकार गठनको हल्लाले सेयर बजार घट्न थालेको हो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नयाँ सरकार गठनको हल्लाले सेयर बजार घट्न थालेको हो ?



काठमाडौं । नयाँ सरकार गठनको हल्लाले पुनः सेयर बजार ओरालो लाग्न थालेको छ । प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहयात्रा सुरु गरेको तीन महिना केही दिन बितेको छ । तर, फेरि नयाँ सरकारको गठनको चर्चासँगै सेयर बजार घट्न थालेको हो ।

अघिल्लो बुधावरदेखि नै बजारमा निरन्तर गिरावट आएको छ । गत बुधवार बजार ९०.७३ अंकले घटेर २ हजार ७३९.४६ अंकको बिन्दुमा रोकिएको थियो । त्यसको भोलिपल्ट अर्थात् बिहीबार (भदौ २० गते) पनि १२.१० अंकले घटेको थियो ।

यस साताको पहिलो कारोबार दिन (भदौ २३ गते) पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । आइतबार पनि बजार २५.४६ अंकले घटेको थियो । सो दिन बजार परिसूचक २ हजार ७६०.४५ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो ।

बजारसँगै कारोबार रकम पनि घट्न थालेको छ । ‘कांग्रेस–एमाले’ को नयाँ सत्ता समीकरणसँगै सेयर बजारमा ठुलो बदलाव देखिएको थियो । कारोबार रकमले पनि दैनिक रेकर्ड कायम गरेको थियो । यो बीचमा दैनिक २० अर्ब माथिको कारोबार समेत भएको थियो ।

लामो समयदेखि निराशामा चलिरहेको सेयर बजार केपी ओलीको नेतृत्वको सरकार बनेसँगै एकाएक उछाल आएको थियो । दुई हजार बिन्दु भन्दा तल नै घुमिरहेको परिसूचकमा एकाएक बढन् थालेको थियो । मुलुकको अस्थिर राजनीति प्रणालीले अन्यौलतामा फसेका लगानीकर्ताको मनोबल पनि सरकार परिवतनसँगै फेरिएको थियो । त्यसयता राजनीतिक स्थायित्व, आर्थिक गतिविधिमा सुधार र पनि नीतिगत सुधार हुने अपेक्षामा बजार सकरात्मक बन्दै गएको थियो । यो बीचमा परिसूचक ३ हजार बिन्दुमा सम्म पनि पुगेको थियो । यसअघि रेकर्ड कायम गरेको ३२ सयको उचाई पार गरि नयाँ कीर्तिमान बनाउने अपेक्षा समेत गरिएको थियो ।

तर, पछिल्ला केही दिनदेखि नयाँ सरकार गठनको व्यापाक चर्चा चलिरहेको छ । त्यसको सोझै प्रभाव सेयर बजारमा देखिएको छ । यो साताको सुरुवातमै बजार घट्न थालेको छ। सो

 सोमबार पनि सेयर बजार भारी अंकले घटेको हो । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार २६ सयको बिन्दुमा झरेको छ । आज ५५.८६ अंकले घटेसँगै नेप्से परिसूचक २६४६.०३ बिन्दुमा खुम्चिएको छ ।

बजार घटेसँगै कारोबार रकम पनि निरन्तर घट्दो छ । सोमबार ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको हो । 


प्रतिक्रिया दिनुहोस्