१५ प्रतिशत लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? « Arthapath.com
२३ असार २०८२, सोमबार

१५ प्रतिशत लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि मिति गरेको छ । कम्पनीले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।
कम्पनीले यो वर्षका लागि १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि पारित हुनेछ।

सोही सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

सोही सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्