लिवर्टी ईनर्जी कम्पनीको शेयर रजिष्ट्रारका लागि प्रभु क्यापिटल नियुक्त « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

लिवर्टी ईनर्जी कम्पनीको शेयर रजिष्ट्रारका लागि प्रभु क्यापिटल नियुक्त



काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको र सम्झौतामा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथाशेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।

साथै लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि यस प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गन हुन अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्