छुट्ला है यी ६ कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका, कसको बोनस र नगद कति ?
काठमाडौं । बिहीबार एकैदिन ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
आज सानिमा रिलायन्स लाइफ लाइफ, साहस उर्जा, एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ र नबिल ब्यालेन्स्ड फन्ड–२ को पनि लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साहस उर्जाले आगामी आइतबार (असोज १३ गते) र अन्य ५ कम्पनीले लाभांश प्रयोजनको लागि भोलि अर्थात् असोज ११ गते शुक्रबार बुक क्लोज गर्दैछन् । सोही अनुसार नै ती कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
सानिमा रिलायन्स लाइफले यो वर्ष १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २३ गते साधारण सभा बोलाएको छ ।
साहस उर्जा पनि आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ ।
यस्तै, एनएमबि ५० ले कर सहित १५ प्रतिशत नगद लाभांश, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ।
यता, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले कर सहित ५ प्रतिशत नगद लाभांश र नबिल ब्यालेन्स्ड फन्ड–२ ले करसहित ८% का दरले नगद लाभांश वितरण गर्ने भएका छन् ।













