एभरेष्ट बैंकले पठायो सेयरधनीको खातामा लाभांश, तपाईको खातामा आयो ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

एभरेष्ट बैंकले पठायो सेयरधनीको खातामा लाभांश, तपाईको खातामा आयो ?



काठमाडौं । एभरेष्ट बैंकले लाभांश पठाउन सुरु गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई खातामा नगद लाभांश पठाउन सुरु गरेको हो ।

आइतबार (असोज २० गते) सम्पन्न साधारण सभाले गत आव २०८०–८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश पारित गरेको थियो ।

सोमबारदेखि नै नगद लाभांश सम्वन्धित सेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो । डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई वितरण गर्न सुरु गरेको बैंकले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्