दशैँपछिको पहिलो कारोबारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२९ आश्विन २०८१, मंगलवार

दशैँपछिको पहिलो कारोबारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। मंगलबार सुनको मूल्य बढेको छ । दशैँपछिको पहिलो कारोबार दिन सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्