लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ? « Arthapath.com
१ कार्तिक २०८१, बिहीबार

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सभा आगामी कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तल कात्तिक ९ गतेका दिन बुकक्लोज गर्ने भएको छ।त्यसैले, कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्