आरएसडीसी लघुवित्तको नाफा साढे दुई करोड, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साढे दुई नाफा कमाएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले २ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.९९ प्रतिशत कमी हो । गत आवको सो अवधिमा कम्पनीले ४ करोड ७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५.९२ प्रतिशत घटेर ६ करोड ४० लाख ८१ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको संचालन नाफा पनि ३५.८६ प्रतिशत घटेर ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको वितरणयोग्य नाफा पनि दोहोरो अंकले बढाएको छ । पहिलो त्रैमासमा कम्पनीको यस्तो नाफा ११ करोड १८ लाख २९ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि वृद्धि भई २.५७ प्रतिशत कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ११.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.४५ रुपैयाँ छ ।
कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २८ करोड ७५ लाख रुपैयाँ राखेको छ ।