नबिल इन्भेष्टमेण्ट बैंकिंगको अध्यक्षमा डेपुटी सीइओ ज्ञवाली « Arthapath.com
१३ कार्तिक २०८१, मंगलवार

नबिल इन्भेष्टमेण्ट बैंकिंगको अध्यक्षमा डेपुटी सीइओ ज्ञवाली



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको अध्यक्षमा नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली नियुक्ति भएका छन् । उनी कात्तिक ११ गते आइतबारदेखि लागू हुने गरि अध्यक्ष बनेका हुन् ।

आइसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ ।

जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् । नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्