सीजीको जी-सिक्स इलेक्ट्रिक एसयूभी सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले एक्सपेंगको फ्यागसिपको शोरुमको सुरुवातसँगै जी-सिक्स इलेक्ट्रिक एसयूभी लञ्च गरेको छ ।
एक्सपेंगको आधारिक बिक्रेता रहेको सीजीले उक्त एसयुभी लञ्च गरेको हो । सीजीले काठमाडौंको थापाथलीमा फ्लागसिपको शोरुम पनि सुरुवात गरेको छ ।
जी सिक्स स्वचालित ड्राइभिङ प्रविधि छ । सो गाडीमा एक्सओएस अपरेटिङ तथा द्रुत चार्जिङ्ग प्रणाली रहेको कम्पनीले जनाएको छ । यसमा १९० किलोवाटको मोटर पावर छ भने टर्क ४४० एनएम रहेको छ ।
यसमा ४३५ किलोमिटर रेञ्ज दिने ६६ किलोवाट हावरको ब्याट्री छ । यो गाडीलाई सुरक्षा रेटिङमा फाइभ स्टार प्राप्त छ ।