किन बढ्यो अपर स्याङ्गे हाईड्रोपावरको नोक्सानी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

किन बढ्यो अपर स्याङ्गे हाईड्रोपावरको नोक्सानी ?



काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको घाटा बढेको छ । विद्युत बिक्री आम्दानीमा गिरावट आएसँगै कम्पनीको घाटा झनै बढेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी १ करोड १७ लाख रुपैयाँ घाटामा थियो ।

यो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ५७.९२ घटेर ६३ लाख ५४ हजार रुपैयाँमा खुम्चिएको छ । यस अवधिमा हाईड्रोपावर परियोजनामा नियमित मर्मत तथा सम्भार कार्य केही ढिला हुन गई विद्युत उत्पादनमा कमी आएका कारण आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ ।

कम्पनीको जगेडा कोष १० करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीले यो अवधिसम्म ३४ करोड २ लाख रुपैयाँ दीर्घकालिन र ४ करोड २४ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ५२.९१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्