सूर्यज्योति लाइफको संचालकमा अग्रवाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् । मंगलबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।