समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँटका लागि मिति तय, साढे १४ लाख आवेदकमध्ये कतिले पाउँलान् ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँटका लागि मिति तय भएको छ ।
कम्पनीले गत कात्तिक १२ गते देखि २० गतेसम्म एफपिओ निष्कासन गरेको थियो । सोही एफपिओ कात्तिक ३० गते शुक्रबार बाँडफाँट हुने भएको हो ।
एफपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ । कम्पनीको एफपिओमा १४ लाख ४२ हजार ४२० जनाको आवेदन दिएका छन् ।
क्यापिटलका अनुसार २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीको एफपिओ भने ३५ हजार ९० जनाले मात्रै १०–१० कित्ताका दरले पाउने छन् । तर, १४ लाखको भने हात खाली हुनेछ ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।