एकाएक सुधारियो मेरो माइक्रोफाइनान्स लघुवित्तको वित्तीय अवस्था, लाभांश सामार्थ्य ११.४५ प्रतिशत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नाफामा छलाङ मारेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी रहेको कम्पनीले नाफामा पुगेको छ ।
गत आवको सो अवधिमा कम्पनीले ६ करोड २५ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा थियो । तर, अहिले भने कम्पनी ३६ लाख ५० हजार रुपैयाँ नाफामा देखिएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी पनि ३९.२९ प्रतिशत बढेर २२ करोड १८ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी लगायत सूचकमा कम्पनीको व्यापाक सुधार देखिएको छ ।
समिक्षा अवधिमा कम्पनीको संचाल नाफा पनि ५४ लाख ७४ लाख रुपैयाँ धनात्मक देखिएको छ । कम्पनीको संचालन आम्दानी ३०.४२ प्रतिशत बढेर २४ करोड २६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा पनि १५ करोड १० लाख ८५ हजार रुपैयाँ छ ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीले आफ्ना सेयरधनीलाई ११.४४ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा ६५ करोड २६ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १८.९५ रुपैयाँ ऋणात्मकबाट १.११ धनात्मक बनेको छ । प्रतिसेयर नेटवर्थ पनि १६०.८९ रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन ३ अर्ब ४३ करोड १३ लाख ३८ हजार र कर्जा लगानी १३ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीले खराब कर्जा पनि ११.५० प्रतिशतबाट घटेर ९.३९ प्रतिशत कायम भएको छ ।