नेशनल लघुवित्त लोभलाग्दो वित्तीय प्रगति, ९०.३२ प्रतिशत बढ्यो नाफा अन्य सूचक कस्तो ? « Arthapath.com
२९ कार्तिक २०८१, बिहीबार

नेशनल लघुवित्त लोभलाग्दो वित्तीय प्रगति, ९०.३२ प्रतिशत बढ्यो नाफा अन्य सूचक कस्तो ?



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको नाफमा उल्लेख्य सुधार भएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १० करोड ४७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९०.३२ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीले ५ करोड ५० लाख ६३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी शतप्रतिशत वृद्धि भएको छ । कम्पनीको यस्तो आम्दानी १०४.२द्द प्रतिशत बढेर ३० करोड ४४ लाख रुपैयाँ पुगेको छ । यसले कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीको संचालन नाफा पनि ९०.३२ प्रतिशत बढेर १४ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कुल संचालन आम्दानी ३५ करोड ६८ लाख, खुद संचालन आम्दानी ३घ करोड ३३ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको वितरणयोग्य नाफा भने ३३ करोड १ लाख रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.२६ प्रतिशत रहेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि १४.९८ रुपैयाँ बढेर ३५.२९ रुपैयाँ कायम भएको छ ।यता, प्रतिसेयर नेटवर्थ भने २४७.७५ रुपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्