समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज (शुक्रबार) एक कार्यक्रमका बीच एफपीओ बाँडफाँड गरेको हो ।
संस्थाको एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकबाट १ करोड ९६ लाख ९६ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् ।
जसमा ३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले सेयर प्रदान गरिएको हो ।
लघुवित्तले कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन माग गरेको थियो । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।