अपर तामाकोशी हाइड्रोपावरको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावरको नाफामा गिरावट आएको छ । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफामा गिरावट आएको हो ।
गत असोज १२ गते गएको पहिरोका कारण परियोजनामा क्षति पुगेको थियो । संरचनाहरुमा क्षति हुँदा उक्त दिनदेखि उत्पादन बन्द छ । फलस्वरूप कम्पनीको विद्युत बिक्री आम्दानी घट्न पुगेको हो।
असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ९३ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ थियो।
यस अवाधिया कम्पनीले ६३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३७.२६ प्रतिशत घटेको छ
कम्पनीको सञ्चालन मुनाफा २९.८५ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय आम्दानी ११४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च २४.८८ प्रतिशत घटेको छ।
चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा, प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ।













