मन्दाकिनी हाइड्रोपावरको अधिकांश सूचकमा चमक
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि बढाएको छ । २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी १.७० प्रतिशत बढेर ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमर्फत ४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको ७६ लाख २८ हजार पुगेको छ । वित्तीय आम्दानी १७३.११ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने ९.२६ प्रतिशत घटेको छ।
६१ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५३ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसा रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६० पैसा रहेको छ र मूल्य आम्दानी अनुपात ४२.७२ गुणा रहेको छ।













