मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म मकर जितुमाया सुरी हाइड्रोपावरले नाफामा उल्लेख्य वृद्धि भएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

सो अवधिसम्म कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३६.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी १०३.२५ प्रतिशत बढेर १३ करोड ७७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।

त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १०१.६६ प्रतिशत बढेर १० करोड ३६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७२.०९ प्रतिशत बढेर ४ करोड ७५ लाख पुगेको छ ।

७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड २२ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २ पैसा बढेर २९ रुपैयाँ ५४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५३ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात १६.१७ गुणा रहेको छ।


प्रतिक्रिया दिनुहोस्