नाडेप लघुवित्तको कामु सीइओमा आचार्य

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी शिव प्रसाद आचार्यलाई प्रदान गरिएको छ ।
आचार्य बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् । अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कामु सीइओको जिम्मेवारी दिइएको हो ।
कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुनेगरि कामु सीइओका जिम्मेवारी प्रदान गरेको हो ।