स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. शर्मालाई « Arthapath.com
२ मंसिर २०८१, आईतवार

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. शर्मालाई



काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.सरोज शर्मालाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्