चन्द्रागिरी हिल्सका सेयरधनी लगातर निराश, यो वर्ष पनि लाभांश नबाँड्ने
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले बिना लाभांश साधारण सभा बोलाएको छ । कम्पनीले आगामी पुस ३ गते वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई निराश बनाएको छ । कम्पनीका सेयरधनी लगातातर दुई वर्ष नै निराश बनेका छन् । अघिल्लो वर्ष पनि कम्पनीले लाभांश वितरण गरेको थिएन् ।
बिना लाभांश डाकिएको सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
यस्तै आलु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण पनि सोही सभामा हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।













