तत्काल उद्योगहरुमा लाइन नकाटिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार बसेको प्राधिकरण संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बक्यौता महसुल नबुझाएको भन्दै प्राधिकरणले उद्योगमा लाइन काट्ने तयारीमा थियो । तर,मंगलबार मात्रै विद्युत नियमन आयोगले हाललाई उद्योगहरुमा लाइन नकाटन निर्देशन दिएको थियो । सरकारले पनि १५ दिनको म्याद दिएर बक्यौता उठाउन निर्देशन दिएको थियो । सरकारले दिएको १५ दिनको म्याद आज सकिँदै थियो ।
मंगलबार आयोगको निर्देशनपछि तत्काललाई उद्योगहरुको लाइन नकाट्न प्राधिकरणले निर्णय गरेको हो ।













