नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (मंसिर १७ गते, सोमबार) अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

संस्थाले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

लाभांश पारित गर्न आगामी मंसिर २४ गते, अरनिको पार्टी प्यालेस, बनेपा नगरपालिका वडा नं. ५, भिमसेनमार्ग, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारणसभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्