नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बी.एम.डब्ल्यू एक्स 7 एक्स ड्र्राइभ 4 ओइ एक हप्ताभित्र बिक्री « Arthapath.com
२३ असार २०८२, सोमबार

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बी.एम.डब्ल्यू एक्स 7 एक्स ड्र्राइभ 4 ओइ एक हप्ताभित्र बिक्री



काठमाडौं । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बी एम डब्ल्यू एक्स 7 एक्स ड्र्राइभ 4 ओइ ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।

कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। कम्पनीले जनाए अनुसार बी एम डब्ल्यू एक्स 7 एक्स ड्र्राइभ 4ओइ को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्