माछापुच्छ्रे बैंकले यो वर्ष लाभांश नदिने, वितरणयोग्य नाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

माछापुच्छ्रे बैंकले यो वर्ष लाभांश नदिने, वितरणयोग्य नाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

बैंकको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

गत आवको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्