नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध, यस्तो बन्यो नयाँ कार्यसमिति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध, यस्तो बन्यो नयाँ कार्यसमिति



काठमाडौं । नेपाल बैंकर्स संघको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्ष, उपाध्यक्षसहित समितिका तीन जना सदस्य निर्वाचित गरेको छ ।

सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । उनी यस अघि संघका उपाध्यक्ष थिए ।

साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सो साधारण सभाले समितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, कुमारी बैंकका सीईओ राम चन्द्र खनाल र नेपाल बैंकका सीईओ तिलक राज पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ ।

अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेका छन् ।

निवर्तमान अध्यक्ष सुनिल के.सी. कार्यसमितिको सदस्यको रुपमा रहनेछन् भने पूर्व अध्यक्षहरु अशोक शमसेर ज.ब.राणा र ज्ञानेन्द्र प्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकारको रुपमा रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्