साताको अन्तिम कारोबार दिन : कसले कमाए, कसले गुमाए ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

साताको अन्तिम कारोबार दिन : कसले कमाए, कसले गुमाए ?



काठमाडौं । आज पनि सपोर्ट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ३०२.५० रुपैयाँ वृद्धि भएको हो ।योसँगै आज कम्पनीको मूल्य ३ हजार ३२७.५० रुपैयाँ कायम भएको छ।

उक्त दिन सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ७.९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता १४१ रुपैयाँ बढेर १ हजार ९१२ रुपैयाँ कायम भएको हो ।

आज यी कम्पनीहरुसहित भुगोल इनर्जी, मेन्छियाम हाइड्रोपावर, आत्मनिर्भर लगायतका लगानीकर्ताले कमाएका छन् ।

तर, आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा घटेको छ। आज कम्पनीको सेयर भाउ ९.२१ प्रतिशत घटेको छ । यस्तै, माया खोला हाइड्रोपावर, मानुषी लघुवित्त, रिभर फल्स पावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्