कालिका पावरको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले यो वर्ष ७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आउँदो पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ ।













