सेयर बजारको ओरालो यात्रामा ब्रेक, २८.९१ अंकले बढ्यो नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेयर बजारको ओरालो यात्रामा ब्रेक, २८.९१ अंकले बढ्यो नेप्से



काठमाडौं । लगातार ३ दिनको ओरालो यात्रापछि सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर ३२८ कम्पनीको ८९ लाख ८ हजार ८१५ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज म्युचुअल फण्डबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । हाइड्रोपावर र उत्पादन तथा प्रशोधन क्षेत्रमा लगानीकर्ता आकर्षित देखिएका छन् ।

सोमबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ ।

यसदिन सुपर मादी हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसतै, बाराही हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, युनिलिभर नेपाल लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

यतामानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक पिपुल्स पावर, आत्मनिर्भर लघुवित्त लगायत कम्पनीको मूल्य पनि घटेको छ ।

कारोबार रकमको आधारमा भने मोलुङ्ग हाइड्रोपावर अगाडि देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्