सुनको भाउ डेढ लाख माथि नै, चाँदीको भने स्थिर

काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ थप महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँ तोकिएको छ । बुधवार भने १ लाख ४९ हजार ७०० रुपैयाँ खरदिबिक्री भएको थियो ।
सुनको भाउ वृद्धि भए पनि आज चाँदीको मूल्य भने स्थिर छ । बुधवार १ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।