निषेधाज्ञा खुकुलो भएसंगै नयाँ श्रम स्वीकृति लिनेको भीड बढ्यो « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

निषेधाज्ञा खुकुलो भएसंगै नयाँ श्रम स्वीकृति लिनेको भीड बढ्यो



काठमाडौं । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञा खुकुलो बनाएपछि कार्यालयमा भिड बढेको छ । भाद्र पहिलो साताको बिहीबारदेखी लगाईएको निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यका भित्र रहेका कार्यालयमा भिड बढेको हो ।

त्यस्तै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको हो । मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो साता खुलाउने निर्णय गरिसकेको छ ।

वैदेशिक रोजगार विभागले नयाँ र पुरानो श्रम स्वीकृति दिने निर्णय गरेसँगै सम्बन्धित रोजगारदाता कम्पनीले नो अब्जेक्सन लेटर दिएकालाई मात्र श्रम स्वीकृति दिने सूचना भदौ १७ गते नै जारी गरेको छ । विभागको पछिल्लो निर्णयअनुसार पहिले श्रम स्वीकृति दिने नीतिसँंगै विभिन्न तीन मापदण्डलाई आधार मानेर नयाँ तथा पुरानो श्रम स्वीकृति दिने उल्लेख छ । जसअनुसार २०७६ फागुन २९ अघि मागपत्र प्रमाणीकरण भई पूर्वस्वीकृति लिएकाको हकमा सम्बन्धित श्रम गन्तव्य मुुलुकको रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित दूतावासबाट प्रमाणित गराई अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।

भीड बढे पनि श्रम कार्यालयले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गरेर सेवा दिइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए ।

श्रम स्वीकृति दिने निर्णय गरेको दिनदेखि लागू भए पनि निषेधाज्ञा खुकुलो भएपछि सेवा लिनेको चाप बढेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्