सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१४ पुष २०८१, आईतवार

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार भने १ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि गिरावट आएको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेको हो । योसँगै आजका लागि चाँदीको भाउ १ हजार ७९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने नेपाली बजारमा १ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्