दुई बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको बोनस र नगद कति ?
काठमाडौं । मंगलबार एकैदिन ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त, आइसीएफसि फाइनानस र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
यी ६ वटै कम्पनीहरुले भोलि अर्थात् पुस १७ गते बुक क्लोज गर्दैछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीहरुले बुधवार बुक क्लोज गर्न लागेका हुन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले ती कम्पनीहरुको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।
यो वर्ष लक्ष्मी सनराइज बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ। सो प्रस्ताव पारित गर्न बैंकले आगामी पुस २४ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले पनि यो वर्ष २.६५१६ प्रतिशत बोनस सेयर रक र प्रयोजनका लािग ०.१९२२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ।
यता, साना किसान विकासले पनि १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको छ । डिप्रोक्सले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.५० प्रतिशत नगद लाभांश, आइसीएफसी फाइनान्सले ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न साना किसानले आगामी पुस २३ गते, डिप्रोक्सले पुस २६ गते र आइसीएफसीले पुस २९ गते साधारण सभा बोलाएका छन् ।
यस्तै, यो वर्ष शिवम सिमेन्टले पनि आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २९ गते साधारण सभा बोलाएको छ।













