नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम मिति नजिकिएको छ ।

साधारसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस २२ गते सोमबार बुक क्लोज गर्ने भएको हो । त्यसका आधारमा पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कोषको लाभांश पाउन र सभामा भाग लिन पाउने छन् ।

यो वर्ष कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कोषले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव पारित गर्न कोषले पुस २९ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आव २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यसका साथे सभाले आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्