हाथवेको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधवार कम्पनीको १० प्रतिशत बापतको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













