थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

बुधवार सिटिजन बैंक र हाथवे इन्भेष्टमेन्ट नेपालको ८२ लाख ५४ हजार बोनस सेयर सूचीकृत भएको हो ।

उक्त दिन सिटिजन बैंकको ४ प्रतिशत बापतको ५६ लाख ८० हजार ३८९ कित्ता र हाथवे नेपालको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्